एसियाली खेलकुद
इन्डोनेसियन मुक्केबाजलाई हराउँदै नेपालका रविन अघिल्लो चरणमा
सोमबार, ०८ असोज २०८०, १४ : ४४
काठमाडौँ । चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिताको तेस्रो दिन सोमबार नेपालका बक्सिङ खेलाडी रविन थापाले जित निकालेका छन् । पुरुषतर्फको ४६ देखि ५१ केजी तौलसमूहको ३२ खेलाडीबीचको भिडन्तमा उनले सफलता हात पारेका हुन् ।
जितसँगै रोविन अन्तिम १६ मा प्रवेश गरेका छन् । उनले सोमबार इन्डोनेसियाका प्रतिद्वन्द्वी दियो कोएबानुलाई अंकका आधारमा ४—१ ले हराए । सोमबार नै नेपालकी विनीता थापामगरले महिला ६० देखि ६६ केजी तौलसमूहमा चाइनिज ताइपेईकी निन चिन चेनको सामना गर्दैछिन् ।
यसैगरी सोमबार नै पुरुष ६३.५ देखि ७१ केजी तौलसमूहमा नेपालका दिपेश लामाले भारतका निसान्त देवको सामना गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण