शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सले २०२३ को अन्त्यमा नाइजरबाट सैन्य उपस्थिति हटाउने

सोमबार, ०८ असोज २०८०, १४ : ५५
सोमबार, ०८ असोज २०८०

पेरिस । फ्रास्नले नाइजरमा सन् २०२३ को अन्त्यसम्ममा आफ्नो सैन्य उपस्थिति हटाउने भएको छ । सेनाले नाइजरको सत्ता कब्जा गरेपछि दुई देशबीच तनाव बढेसँगै राष्ट्रपति इमानुएल म्याक्रोँले आइतबार यस्तो घोषणा गरेका हुन् ।

‘हामीले नाइजरसँग हाम्रो सैन्य सहकार्य अन्त्य गर्दैछौँ किनभने अब उनीहरू आतंकवादीहरुसँग लड्न चाहँदैनन्,’ उत्तर–पश्चिमी अफ्रिकी राष्ट्रको सैन्य नेतृत्वबारे टिप्पणी गर्दै म्याक्रोँले भने । फ्रान्सले अहिलेसम्म सेनाको नेतृत्वलाई मान्यता दिएको छैन । उसले राष्ट्रपति मोहम्म बाजुमलाई कू गरेर हटाइएको बताउँदै आएको छ ।

आफूहरू त्यहाँ आन्तरिक राजनीतिसँग जुझ्न त्यहाँ नगएका कारण सहकार्य अन्त्य गर्ने निर्णय गरिएको उनले बताए । आगामी दिनहरूमा फ्रान्सको सेना फर्कन सुरु गर्ने म्याक्रोँले जानकारी दिए ।

नाइजरको सैन्य नेतृत्वले फ्रान्सको निर्णयको स्वागत गरेको छ । सेनाले आफ्नो देशमा साम्राज्यवादी शक्ति र उप–निवेशवादीहरुलाई स्वागत नभएको पनि स्पष्ट पारेको छ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप