फ्रान्सले २०२३ को अन्त्यमा नाइजरबाट सैन्य उपस्थिति हटाउने
पेरिस । फ्रास्नले नाइजरमा सन् २०२३ को अन्त्यसम्ममा आफ्नो सैन्य उपस्थिति हटाउने भएको छ । सेनाले नाइजरको सत्ता कब्जा गरेपछि दुई देशबीच तनाव बढेसँगै राष्ट्रपति इमानुएल म्याक्रोँले आइतबार यस्तो घोषणा गरेका हुन् ।
‘हामीले नाइजरसँग हाम्रो सैन्य सहकार्य अन्त्य गर्दैछौँ किनभने अब उनीहरू आतंकवादीहरुसँग लड्न चाहँदैनन्,’ उत्तर–पश्चिमी अफ्रिकी राष्ट्रको सैन्य नेतृत्वबारे टिप्पणी गर्दै म्याक्रोँले भने । फ्रान्सले अहिलेसम्म सेनाको नेतृत्वलाई मान्यता दिएको छैन । उसले राष्ट्रपति मोहम्म बाजुमलाई कू गरेर हटाइएको बताउँदै आएको छ ।
आफूहरू त्यहाँ आन्तरिक राजनीतिसँग जुझ्न त्यहाँ नगएका कारण सहकार्य अन्त्य गर्ने निर्णय गरिएको उनले बताए । आगामी दिनहरूमा फ्रान्सको सेना फर्कन सुरु गर्ने म्याक्रोँले जानकारी दिए ।
नाइजरको सैन्य नेतृत्वले फ्रान्सको निर्णयको स्वागत गरेको छ । सेनाले आफ्नो देशमा साम्राज्यवादी शक्ति र उप–निवेशवादीहरुलाई स्वागत नभएको पनि स्पष्ट पारेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण