आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा माटोको ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु

सोमबार, ०८ असोज २०८०, १६ : ०९
सोमबार, ०८ असोज २०८०

रेसुङ्गा । गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । 

रेसुङगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।

यसैगरी सोही  पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका थिए । मृतकको शब पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । 

घाइतेहरुको  गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप