आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मेनियाले सम्बन्ध विच्छेद खोजेको रुसको आरोप

सोमबार, ०८ असोज २०८०, २० : १२
सोमबार, ०८ असोज २०८०

मस्को । येरेभानले गत हप्ता नागोर्नो–काराबाख क्षेत्रमा अजरबैजानी सैन्य आक्रमण रोक्न रुसी शान्ति सेना असफल भएको आरोप लगाएपछि मस्कोले सोमबार आर्मेनियालाई द्विपक्षीय सम्बन्ध विच्छेद गर्न खोजेको आरोप लगाउँदै येरेभानको आलोचना गरेको छ ।

“येरेभानको नेतृत्वले नियोजितरूपमा रुससँग आर्मेनियाको बहुआयामिक र शताब्दीयौं पुरानो सम्बन्धलाई दाउमा पारेर देशलाई पश्चिमा मुलुकको भूराजनीतिक खेलमा लागेर ठूलो गल्ती गरिरहेको छ,” रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भनेको छ । 

अजरबैजानको भूभागको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिइएको नागोर्नो–काराबाख विगत तीन दशकदेखि जातीय आर्मेनियालीहरूद्वारा नियन्त्रित छ । सन् १९८८ मा आर्मेनिया र अजरबैजानबीच सुरु भएको द्वन्द्वको मुख्य जड तत्कालीन सोभियत सङ्घ टुक्रिएपछि भएको युद्धमा आफूले जितेको भूभाग आफ्नै नियन्त्रणमा हुनुपर्ने आर्मेनियाको अडान हो ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप