आर्मेनियाले सम्बन्ध विच्छेद खोजेको रुसको आरोप
मस्को । येरेभानले गत हप्ता नागोर्नो–काराबाख क्षेत्रमा अजरबैजानी सैन्य आक्रमण रोक्न रुसी शान्ति सेना असफल भएको आरोप लगाएपछि मस्कोले सोमबार आर्मेनियालाई द्विपक्षीय सम्बन्ध विच्छेद गर्न खोजेको आरोप लगाउँदै येरेभानको आलोचना गरेको छ ।
“येरेभानको नेतृत्वले नियोजितरूपमा रुससँग आर्मेनियाको बहुआयामिक र शताब्दीयौं पुरानो सम्बन्धलाई दाउमा पारेर देशलाई पश्चिमा मुलुकको भूराजनीतिक खेलमा लागेर ठूलो गल्ती गरिरहेको छ,” रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भनेको छ ।
अजरबैजानको भूभागको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिइएको नागोर्नो–काराबाख विगत तीन दशकदेखि जातीय आर्मेनियालीहरूद्वारा नियन्त्रित छ । सन् १९८८ मा आर्मेनिया र अजरबैजानबीच सुरु भएको द्वन्द्वको मुख्य जड तत्कालीन सोभियत सङ्घ टुक्रिएपछि भएको युद्धमा आफूले जितेको भूभाग आफ्नै नियन्त्रणमा हुनुपर्ने आर्मेनियाको अडान हो ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण