सुदूरपश्चिम प्रदेश : संसदीय समिति सभापतिको निर्वाचन स्थगित
धनगढी । निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको २४ घण्टा बित्न नपाउँदै सुदूरपश्चिम प्रदेश सभाका संसदीय समितिहरुका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
आइतबार मात्रै आगामी शुक्रबार (असोज १२) गतेका लागि सभापतिहरुको चुनावको कार्यतालिका प्रकाशित गरिएको थियो । तर सो निर्वाचनका कार्यतालिका स्थगित गरिएको हो ।
नेकपा माओवादीका प्रदेशसभा सदस्य अक्कल रावलले निर्वाचन कार्यतालिका स्थगित गरिएको सूचना आएको जानकारी दिए । तर कारण के हो खुल्न नआएको उनको भनाइ छ ।
सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो । कार्यतालिका अनुसार असोज ११ गते बिहीबार नै मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गर्ने उल्लेख थियो । यस्तै गरेर असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गर्ने भनिएको थियो ।
सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरी चार वटा संसदीय समितिहरु रहेका छन् । चार वटामध्ये सार्वजनिक लेखा समितिको सभापति भने प्रतिपक्षी दलबाट रहने संसदीय परम्परा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण