सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको चीन भ्रमण

पोखरा विमानस्थललाई बिजनेस दिन चीन तयार, आवश्यक हवाई गन्तव्यको खोजी गरिने

मङ्गलबार, ०९ असोज २०८०, १३ : १३
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा नै निर्माण सम्पन्न भएको विमानस्थलले ९ महिना पुरा हुँदा समेत एउटै अन्तर्राष्ट्रिय उडान पाउन नसकिरहेका बेला चिनियाँ पक्ष आफ्नो केही सहरसँग नियमित उडान दिन तयार भएको हो । 

२३ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा यस्तो सहमति भएको हो ।  पोखरा विमानस्थलसँग दुई देशको हवाई कनेक्टिभिटी बढाउन दुवै देशले आफ्नो हवाई उडानलाई खुल्ला छाड्ने र उपयुक्त गन्तव्य तथा हवाई मार्गहरूको खोजी गरिने बताएका छन् । 

यसले नेपाल र चीनबिचको पर्यटन, सांस्कृतिक आदान प्रदानसँगै दुई देशबिचको व्यावसायिकता समेत नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ । चिनियाँ स्थित नागरिक उड्डयन र नेपालको नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौतामा दुवै पक्षले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हुनुमा खुसी व्यक्त गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप