पोखरा विमानस्थललाई बिजनेस दिन चीन तयार, आवश्यक हवाई गन्तव्यको खोजी गरिने
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा नै निर्माण सम्पन्न भएको विमानस्थलले ९ महिना पुरा हुँदा समेत एउटै अन्तर्राष्ट्रिय उडान पाउन नसकिरहेका बेला चिनियाँ पक्ष आफ्नो केही सहरसँग नियमित उडान दिन तयार भएको हो ।
२३ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा यस्तो सहमति भएको हो । पोखरा विमानस्थलसँग दुई देशको हवाई कनेक्टिभिटी बढाउन दुवै देशले आफ्नो हवाई उडानलाई खुल्ला छाड्ने र उपयुक्त गन्तव्य तथा हवाई मार्गहरूको खोजी गरिने बताएका छन् ।
यसले नेपाल र चीनबिचको पर्यटन, सांस्कृतिक आदान प्रदानसँगै दुई देशबिचको व्यावसायिकता समेत नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ । चिनियाँ स्थित नागरिक उड्डयन र नेपालको नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौतामा दुवै पक्षले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हुनुमा खुसी व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण