एसियाली खेलकुद : उसुमा पदकबाट चुके नीमा र दीपक
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला उसुमा नेपालकी नीमा घर्तिमगर दशौँ भएकी छन् । महिला नानक्वान नीमा ९.१४० स्कोरसहित दशौँ स्थानमा रहेकी हुन् । उक्त स्पर्धामा ११ जना खेलाडीले सहभागिता जनाएका थिए ।
सहभागी खेलाडीमध्ये इरानकी मीना दोर्चेह फनाहीले भने खेल पुरा गर्न सकिनन् । उक्त स्पर्धामा आयोजक चीनकी हुइयिङ चेन पहिलो स्थानमा रहिन् । उनले कुल ९.७९० स्कोर गरिन् । मलेसियाकी चेओङ मिन तान ९.७०३ स्कोरसहित दोस्रो स्थानमा रहिन् । उज्बेकिस्तानकी दार्या लातिसेभा ९.७०० स्कोरसहित तेस्रो स्थानमा रहिन् ।






यसैगरी महिला उसुको नानदाओ स्पर्धाको फाइनल चरणमा नीमा सहभागी ११ खेलाडीमध्ये आठौँ स्थानमा आइन् । उनले कुल ९.५६३ स्कोर गरेकी थिइन् । भियतनाम र इरानका खेलाडीहरू नीमाभन्दा पछाडि रहे ।
उक्त स्पर्धामा चीनकी हुइयिङ चेनले स्वर्ण पदक जितिन् । मलेसियाकी चेओङ मिन तानले रजत पदक हात पारिन् । उज्बेकिस्तानकी दार्या लातिसेभाले कांस्य पदक प्राप्त गरिन् ।
यसैगरी पुरुष नानगुन स्पर्धामा नेपालका दीपक हमाल १५औँ स्थानमा रहे । उनले ९.५४६ स्कोर गरेका थिए । उक्त स्पर्धामा २० जना खेलाडीको सहभागिता रहेको थियो । उक्त स्पर्धामा इन्डोनेसियाका ह्यारिस होरातिउसले स्वर्ण, दक्षिण कोरियाका योङ्मुन लीले रजत र मकाउका जुनहुआ हुआङले कांस्य पदक जितेका थिए ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण