शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुप कुमार उपाध्याय नियुक्त

मङ्गलबार, ०९ असोज २०८०, १५ : ३६
मङ्गलबार, ०९ असोज २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुप कुमार उपाध्याय नियुक्त भएका छन् ।

पूर्व सिँचाइ ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो । 

उनलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । आयोगको अध्यक्ष समेत रहेका मुख्यमन्त्री कमल बहादुर शाहले उपाध्यायलाई शपथ ग्रहण गराएका हुन् ।

उपाध्यायले हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालयको सचिव भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप