आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

मङ्गलबार, ०९ असोज २०८०, २० : ५५
मङ्गलबार, ०९ असोज २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रप्रसाद जोशी नियुक्त भएका छन् ।

प्रदेश सरकारको कानुनी सल्लाहको रुपमा लिइने मुख्या न्याधिवक्तामा अधिवक्ता जोशीलाई मंगलबार नियुक्त गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो । 

धनगढी उपमहानगरपालिका–२ स्थायी ठेगाना भएका अधिवक्ता जोशी २०५८ सालदेखि कानुन व्यवसायीको रूपमा काम गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप