मानवअधिकार आयोगद्वारा बालसुधार गृहको अनुगमन सुरु
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले देशभरका बालसुधार गृहको अनुगमन प्रारम्भ गरेको जनाएको छ । आयोगले हालै भक्तपुर, बाँके, पर्सालगायतका जिल्लास्थित बालसुधार गृहमा विभिन्न विषयलाई लिएर भएका तोडफोड, झडप र उक्त घटनाबाट बालसुधार गृहका बालकको मृत्यु भएको एवं केही बालक घाइते भएको घटनाको अनुगमन प्रारम्भ गरेको हो ।
आयोगले मोरङ, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके र डोटी जिल्लाका आठवटै बालसुधार गृहहरुको अवस्था अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्नका लागि आयोगका सबै प्रदेश तथा प्रदेश शाखा कार्यालयलाई पत्राचार गरेको छ ।
भक्तपुरको मध्यपुरस्थित बालसुधार गृहभित्र सामान्य बिरामी परेका कमल बस्नेतको उपचार अभावमा मिति गत भदौ ३ गते मृत्यु भएको र उक्त विषयलाई लिएर बालसुधार गृहका बालकको समूहले ढुङ्गामुढा तथा तोडफोड गरी सुधार गृहबाट भागेका थिए ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा केही दिनअघि दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका रुपन्देहीका सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।
त्यसैगरी, पर्सा र कास्कीस्थित बालसुधार गृहमा समस्या देखिएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण