सेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ८१ करोडको कारोबार
काठमाडौँ । आज कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १८ अंक घटेर बन्द भएको छ । २००२३ अंकबाट सुरु भएको नेप्सेको कारोबार १८.६० अंकले घटेर २००४ अंकमा रोकिएको हो ।
०.९१ प्रतिशतले परिसूचक घटेपछि १९३ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३४ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा आज १ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ७० लाख कित्ता सेयर किनबेच भएको छ ।
परिसूचक घटेपनि आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ९.९० प्रतिशतले बढेको छ । प्रतिकित्ता २४ रुपैयाँले सेयर मूल्य बढेपछि कम्पनीको मूल्य प्रतिकित्ता २७२ रुपैयाँ पुगेको छ । यसबाहेक, आज लक्ष्मी भ्यालू फण्ड–२ को सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका सम्पूर्ण कम्पनीको सूचक घटेको छ । जसमध्ये निर्जीवन बीमा समूहको सूचक १०० अंकले घटेको छ भन जीवन बीमा समूहको सूचक ८८ अंकले घटेको छ । यस्तै, विकास बैंक समूहको सूचकमा ५३ अंक र होटल र टुरिजम समूहको सूचकमा ४८ अंकको गिरावट आएको छ ।
परिसूचक दोहोरो अंकले घटेको दिन सन नेपाल लाईफ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यसपछि एनआईसी एसियाको ६ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण