सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

'म आँट गर्दै छु, दोषको भारी बोकेर भएपनि जहाज किन्छु'

बुधबार, १० असोज २०८०, १८ : ३५
बुधबार, १० असोज २०८०

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज किनेरै छाड्ने अठोट गरेका छन् । बुधबार ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने,'म आँट गर्दै छु, दोषको भारी बोकेर भएपनि जहाज किन्छु–किन्छु ।' 

नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सबलताका लागि थप जहाजको खाचो रहेको र त्यसका लागि आफूले जस्तोसुकै अपदोष सहन र भोग्न तयार रहेको उनले बताए । 

'वायुसेवा निगम आफ्नै खर्चमा जहाज किन्न सक्षम भएको छ । कम्तीमा तीनवटा जहाज खरिद गर्दैछौ' मन्त्री किरातीले भने,'कुनै एजेन्ट बिना, कमिसन बिना ऐन र व्यवस्था अनुसार जहाज किन्छु किन्छु । बरु जेल जान तयार छु ।' 

केही राम्रो काम गर्न खोज्दा अनेक बहाना र दोष लगाएर रोक्ने र बिथोल्ने काम हुने गरेको भन्दै मन्त्री किरातीले आफू त्यसको सामना गर्न तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप