'म आँट गर्दै छु, दोषको भारी बोकेर भएपनि जहाज किन्छु'
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज किनेरै छाड्ने अठोट गरेका छन् । बुधबार ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने,'म आँट गर्दै छु, दोषको भारी बोकेर भएपनि जहाज किन्छु–किन्छु ।'
नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सबलताका लागि थप जहाजको खाचो रहेको र त्यसका लागि आफूले जस्तोसुकै अपदोष सहन र भोग्न तयार रहेको उनले बताए ।
'वायुसेवा निगम आफ्नै खर्चमा जहाज किन्न सक्षम भएको छ । कम्तीमा तीनवटा जहाज खरिद गर्दैछौ' मन्त्री किरातीले भने,'कुनै एजेन्ट बिना, कमिसन बिना ऐन र व्यवस्था अनुसार जहाज किन्छु किन्छु । बरु जेल जान तयार छु ।'
केही राम्रो काम गर्न खोज्दा अनेक बहाना र दोष लगाएर रोक्ने र बिथोल्ने काम हुने गरेको भन्दै मन्त्री किरातीले आफू त्यसको सामना गर्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण