गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाइल बैकिङ सुचारु गर्न मिल्ने
बुधबार, १० असोज २०८०, २० : २५
काठमाडौँ । विदेशमा रहेका नेपालीहरुका लागि गरिमा विकास बैंकले मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ । नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच पुर्याउनका लागि यो सेवा उपलब्ध गराइएको हो ।
अब विदेशमा बसेर बैंकमार्फत मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकहरूले बैंकले तोके बमोजिमका कागजातहरू पुरा गरी यो सेवा लिन सक्नेछन् । साथै, यो सुविधा लिने ग्राहकले गरिमा विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्नेछन् । बैंकले कहिले पनि फोन गरेर वा अरू माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण नमाग्ने जानकारी दिँदै फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ विवरण अरूलाई नबाँड्न आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण