काभ्रे उद्योग वाणिज्य संघका अध्यक्षको पसलमा म्याद सकिएको चामल, ३ लाख जरिवाना
बुधबार, १० असोज २०८०, २२ : १४
काभ्रे । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्षको राजेन्द्र पसछेको पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ।
अनुगमनका क्रममा विभागको टोलीले पनौती नगरपालिका–७ मा रहेको ओम श्री पसछे ट्रेडर्सबाट म्याद सकिएको २९ बोरा चामल बरामद गरेको हो ।
विभागको टोली बरामद गरेको म्याद सकिएको चामल नष्ट गर्दै ओम श्री पसछे ट्रेडर्सलाई ३ लाख रुपैयाँ जरिवाना गरेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । उनले ट्रेडर्सबाट ६७ हजार बराबरको म्याद सकिएको चामल बरामद गरिएको बताए।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिले चाडवाडलाई लक्षित गर्दै बजार अनुगमन गरिरहेको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण