‘गल्ली एप’ जसमार्फत इन्द्रजात्रामा के भइरहेको छ भनेर लाइभ थाहा पाउन सकिने
इन्द्रजात्राको दिन कुन ठाउँमा के भइरहेको छ भन्ने जानकारी गल्ली एपमार्फत पाउन सकिने छ । यसका लागि काठमाडौँ महानगरपालिकाले ‘गल्ली म्याप’ एपसँग सहकार्य गरेको छ ।
यसमार्फत, इन्द्रजात्रामा सवाभक्कु, रथ यात्रा, लाखे, पुलुकिसीजस्ता विभिन्न क्रियाकलाप कहिले कुन ठाउँमा हुन्ने भन्ने कुरा लाइभ सूचना गल्ली म्याप एपबाट पाउन सकिने एपका संस्थापक राजविक्रम महर्जनले रातोपाटीलाई जानकारी दिए ।
जात्राका कुन क्रियाकलाप कहाँ भइरहेको छ र आफूभन्दा कति पर छ भन्ने कुरा थाहा पाउन सकिने महर्जनले जानकारी दिए ।
महर्जनले गल्ली एपले प्रविधि र संस्कृतिलाई जोड्न मद्दत गर्नेसमेत बताए ।
उनका अनुसार लाइभ लोकेसन दिन लाखे, पुलुकिसी, सवाभक्कु र रथमा जिपिएस जडान गरिएको छ । यसैले गर्दा ती कुन ठाउँमा छन् भनेर लाइभ लोकेसन थाहा पाउन सकिन्छ ।
गल्ली एप दुई वर्ष अघि नै बनाइएको जानकारी दिँदै इन्द्रजात्रा फिचर यस पटकदेखि सार्वजनिक गरिएको महर्जनले जानकारी दिए ।
महर्जनले इन्द्रजात्राको फिचर प्रयोग गर्न गल्ली एप डाउनलोड गर्नुपर्ने र पहिले नै डाउनलोड भइसकेको छ भने अपडेट गर्नुपर्ने बताए ।
यो एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण