मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘गल्ली एप’ जसमार्फत इन्द्रजात्रामा के भइरहेको छ भनेर लाइभ थाहा पाउन सकिने

बुधबार, १० असोज २०८०, ११ : १५
बुधबार, १० असोज २०८०

इन्द्रजात्राको दिन कुन ठाउँमा के भइरहेको छ भन्ने जानकारी गल्ली एपमार्फत पाउन सकिने छ । यसका लागि काठमाडौँ महानगरपालिकाले ‘गल्ली म्याप’ एपसँग सहकार्य गरेको छ । 

यसमार्फत, इन्द्रजात्रामा सवाभक्कु, रथ यात्रा, लाखे, पुलुकिसीजस्ता विभिन्न क्रियाकलाप कहिले कुन ठाउँमा हुन्ने भन्ने कुरा लाइभ सूचना गल्ली म्याप एपबाट पाउन सकिने एपका संस्थापक राजविक्रम महर्जनले रातोपाटीलाई जानकारी दिए । 

जात्राका कुन क्रियाकलाप कहाँ भइरहेको छ र आफूभन्दा कति पर छ भन्ने कुरा थाहा पाउन सकिने महर्जनले जानकारी दिए । 

महर्जनले गल्ली एपले प्रविधि र संस्कृतिलाई जोड्न मद्दत गर्नेसमेत बताए । 

उनका अनुसार लाइभ लोकेसन दिन लाखे, पुलुकिसी, सवाभक्कु र रथमा जिपिएस जडान गरिएको छ । यसैले गर्दा ती कुन ठाउँमा छन् भनेर लाइभ लोकेसन थाहा पाउन सकिन्छ । 

गल्ली एप दुई वर्ष अघि नै बनाइएको जानकारी दिँदै इन्द्रजात्रा फिचर यस पटकदेखि सार्वजनिक गरिएको महर्जनले जानकारी दिए । 

महर्जनले इन्द्रजात्राको फिचर प्रयोग गर्न गल्ली एप डाउनलोड गर्नुपर्ने र पहिले नै डाउनलोड भइसकेको छ भने अपडेट गर्नुपर्ने बताए । 

यो एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप