उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय
विराटनगर । कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन–२०८० सार्वजनिककरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कोशी मन्त्रिपरिषद्को बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास नगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय पनि भएको छ ।
यसैगरी कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । यस्तै प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने निर्णय पनि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निर्णय पनि गरेको छ । यसबाहेक शुक्रबार करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागर्ड समुदायलाई सार्वजनिक विदा दिने निर्णय पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण