उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

विराटनगर । कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन–२०८० सार्वजनिककरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कोशी मन्त्रिपरिषद्को बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास नगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय पनि भएको छ ।
यसैगरी कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । यस्तै प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने निर्णय पनि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निर्णय पनि गरेको छ । यसबाहेक शुक्रबार करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागर्ड समुदायलाई सार्वजनिक विदा दिने निर्णय पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
नेपाल धितोपत्र बोर्डमा पस्यो अख्तियार, उच्च अधिकारीसँग ५ घण्टा सोधपुछ
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
-
बागमती प्रदेशमा मनाइयो भाषा दिवस