बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

कार्यवाहक प्रधानमन्त्री र कर्णालीका मन्त्रीहरूद्वारा सुर्खेतका विभिन्न योजनाको अनुगमन  (तस्बिरहरू)

बिहीबार, ११ असोज २०८०, १५ : ५६
बिहीबार, ११ असोज २०८०

सुर्खेत। नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालगन्जमा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गण स्थानान्तरण क्षेत्रको‌ अनुगमन गरेका छन्।  आज उपप्रधानमन्त्री खड्का, कर्णालीका कानुन मन्त्री कृष्णबहादुर जिसी, अर्थमन्त्री बेदराज सिंह र जलस्रोत तथा ऊर्जा मन्त्री उर्मिला विश्वकर्माले उक्त क्षेत्रको‌ अनुगमन गरेका हुन् ।

गणलाई पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१४  गुमीमा स्थानान्तरण लागि प्रक्रिया अगाडि बढिसकेको छ।  चार बिगाहा जमिनमा रहने गरी जग्गाको व्यवस्थापन गरिएको छ। कानुन मन्त्री जिसीका अनुसार गणका लागि प्रदेश सरकारबाट १ करोड ९१ लाखको बजेट अख्तियारी भएको छ।‌

यहाँ यसअघि माओवादी जनमुक्ति सेनाको आधार शिविरका संरचनाहरू रहेका थिए । अहिले त्यहाँ केहि भवनहरू मर्मत गर्ने गरी बजेट दिइएको छ भने केही नयाँ भवन बनाउनुपर्ने छ ।

आज नै यहाँ २५ जना प्रहरीको टोली आइसकेको छ । साथै उपप्रधानमन्त्री र मन्त्रीहरूले गुर्भाकोटमै रहेको ड्रागनफुट फार्मको अवलोकन पनि गरेका छन् । स्थानीय युवा हिराबहादुर घर्तीद्वारा सञ्चालित उक्त फार्ममा मन्त्रीहरूले अनुगमन गरेका हुन्।

हेर्नुहोस् तस्बिर :

purna-bahadur-anugaman (1)purna-bahadur-anugaman (2)purna-bahadur-anugaman (4)purna-bahadur-anugaman (6)purna-bahadur-anugaman (7)purna-bahadur-anugaman (8)purna-bahadur-anugaman (9)purna-bahadur-anugaman (10)purna-bahadur-anugaman (11)purna-bahadur-anugaman (12)purna-bahadur-anugaman (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप