सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ : सचिव भट्टराई

बिहीबार, ११ असोज २०८०, २३ : १५
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । नेकपा(एमाले)का सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न नेकपा(एमाले)को सरकार आवश्यक रहेको बताएका छन् ।  

बिहीबार नेकपा(एमाले) मधेस प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले मधेसमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन् । उनले अघिल्लो पाँच वर्षको कार्यकाल र अहिलेको एक वर्षे कार्यकाल हेर्दा मधेस प्रदेशमा एमालेको बहुमतसहितको मुख्यमन्त्री हुनुपर्ने आवश्यकता देखिएको बताए । 

सचिव भट्टराईले मधेसी समुदायको स्वाभिमानलाई माथि उठाउन पनि मधेस सरकारको नेतृत्व एमालेले गर्नुपर्ने बताए । उनले २०८४ सालमा मधेस सरकार एमाले नेतृत्वमा बनाउने गरी अघि बढ्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।

एमाले मधेस प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २४ र २५ गते हुने भएको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेस प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप