मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

राजनीतिमा देखिएको विकृतिका विरुद्ध लड्छु : मन्त्री गुरुङ

बिहीबार, ११ असोज २०८०, १९ : २९
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्ने बताएका छन् । 

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताए । उनले गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रूपमा उभिएको भन्दै कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको बताए ।

मन्त्री गुरुङले धनराज राम्रो छ भनिदिएकै भरमा आफूले चुनाव जितेको दाबी गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप