१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित
हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् ।
गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मियु हिरानोसँग ४–० को सोझो सेटमा पराजित भइन् । उक्त खेल जापानी खेलाडी हिरोनोले ११–७, ११–१, ११–४ र ११–५ अंकले जितिन् ।
यसैगरी महिला एकलतर्फ नै नेपालकी नविता श्रेष्ठ भारतीय खेलाडी मनिका बात्रासित ४–० सोझो सेटमै पराजित भइन् । नविताले उक्त खेल ५–११, ४–११, ३–११ र २–११ अंकले गुमाइन् ।
यस्तै महिला डबल्सतर्फ पनि सिक्का र नविताको जोडी चीनका यिदी वाङ्ग र मेङ्ग चेनको जोडीसित ३–० को सोझो सटमा पराजित भयो । सिक्का र नविताले उक्त खेल ३–११, ४–११ र १–११ अंकले गुमाउन पुगे ।
यसअघि नेपाली टोली पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा पनि पराजित भइसकेको छ । अब नेपालले टिम स्पर्धामा प्रतिस्पर्धा गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण