हुथी समूहको व्यापक प्रदर्शनीपछि यमनको मन्त्रीपरिषद् बर्खास्त
यमन । यमनको हुथी विद्रोहीहरुले मन्त्रीपरिषद् बर्खास्त गरेका छन् । राजधानी सानामा मुस्लिम अगमवक्ता मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा समूहका नेता अब्दुलमालिक अल हुथीले यसको घोषणा गरेका हुन् ।
उनले अब नयाँ र सक्षम मन्त्रीपरिषद्को गठन हुने बताए । नीति सुधार गर्न, जनताको सेवा गर्न र आर्थिक समस्या समाधान गर्न नयाँ मन्त्रीपरिषद्ले भूमिका खेल्ने उनले बताए । विद्रोही सेना, साना, होदेइदाह र इब्ब प्रान्तका सडकमा बासिन्दाहरुबीच झडप भएको एक दिनपछि यो कदम चालिएको हो ।
आन्दोलनकारीहरूले पारिश्रमिक, राम्रो सरकारी सेवा, विद्युत्, स्वच्छ पानीको पहुँच र आर्थिक गतिविधि चलायमान बनाउन माग गर्दै आएका थिए । क्रान्ति दिवसको ६१ औँ वार्षिकोत्सव मनाउन सानाको डाउनटाउनको अल ताहिरिर स्क्वायरमा भेला भएका मानिसहरूको बीचमा मंगलवार झडप भएको थियो । यमन सन् २०१४ देखि गृहयुद्धमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको निर्यात वृद्धि
-
कुशलको नाममा नयाँ कीर्तिमान
-
लंका प्रिमियर लिगमा तीन नेपाली खेलाडी अनुबन्ध
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण