सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कोशी प्रदेश

कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने  कांग्रेसको निर्णय

शुक्रबार, १२ असोज २०८०, १९ : १३
शुक्रबार, १२ असोज २०८०

विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।  कोशी  प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । 

प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेका लागि आह्वान भएको छ । कार्कीले असोज २० गतेसम्ममा विश्वासको मत दिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।

कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले दोस्रो पटक अध्यादेशमार्फत आएको बजेट मन्त्रालयगत रूपमा कार्यान्वयन नगर्न मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय गरेको  पनि बताए । ‘एमालेबाहेकका दलसँग छलफल नै नगरी ल्याएको बजेट सदनबाट पारित नभएको अवस्थामा कार्यान्वयन नगर्न प्रदेश मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय पनि भएको छ,” उनले भने । 

प्रदेशसभाको बैठकमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण हुँदा काँग्रेसको भूमिकाको विषयमा समेत छलफल भएको थियो । भदौ ४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको सन्दर्भमा खेद प्रस्तावसमेत पारित गरेको छ । 

कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन विधेयक दर्ता गराई पारित गराउने तयारी थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप