आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ : अर्थमन्त्री महत

शनिबार, १३ असोज २०८०, ११ : ०३
शनिबार, १३ असोज २०८०

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । अर्थमन्त्री डा.महतले शनिबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देशको समृद्धिका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका हुन् ।

‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन्,’ डा.महतले भने, ‘तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ ।’ देशको अर्थतन्त्रले विस्तारै लय लिइरहेको समेत अर्थमन्त्री डा. महतको भनाई छ ।

यद्यपि,अर्थतन्त्रमा विभिन्न समस्या भने रहेको उनको भनाई छ । ‘पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो,’ उनले थपे, ‘त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक व्याजदर बढायो ।’ सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको अर्थमन्त्री डा. महतको भनाई छ । 

उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा. महतले आग्रह गरे । रेमिटेन्स आप्रवाह बढेपनि उक्त रकम बजारमा नघुमेकोमा अर्थमन्त्रीले चिन्ता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप