विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । अर्थमन्त्री डा.महतले शनिबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देशको समृद्धिका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका हुन् ।
‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन्,’ डा.महतले भने, ‘तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ ।’ देशको अर्थतन्त्रले विस्तारै लय लिइरहेको समेत अर्थमन्त्री डा. महतको भनाई छ ।
यद्यपि,अर्थतन्त्रमा विभिन्न समस्या भने रहेको उनको भनाई छ । ‘पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो,’ उनले थपे, ‘त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक व्याजदर बढायो ।’ सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको अर्थमन्त्री डा. महतको भनाई छ ।
उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा. महतले आग्रह गरे । रेमिटेन्स आप्रवाह बढेपनि उक्त रकम बजारमा नघुमेकोमा अर्थमन्त्रीले चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण