कर्णालीमा एमाले अधिवेशन : अझै सुरु भएन मतदान
सुर्खेत । वीरेन्द्रनगरमा जारी नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत मतदान अझै सुरु हुन सकेको छैन । सनिबार दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने भनिएपनि दुई बजेसम्म पनि मतदान प्रक्रिया सुरु हुन सकिरहेको छैन ।
अहिलेसम्म उम्मेदवारको समेत अन्तिम नामावली प्रकाशन भएको छैन । बिहान ८ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेपनि अहिलेसम्म कार्यतालिका नै प्रकाशन हुन नसकेको हो ।
यहि अवस्था हो भने अधिवेशनको समय अझै लम्बिने देखिएको छ । नेतृत्वका लागि अहिलेसम्म पाँच जनामध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिइसकेका छन् भने गुलावजंग शाह, प्रकाश रोकाया र मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेता, कार्यकर्ताहरु भने सिटीहल बाहिर बसिरहेका छन् । निर्वाचन आयोगले यो विषयमा कुनै जानकारी नदिँदा नेता, कार्यकर्ताहरु भने दिक्क बनिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण