परिणितीको विवाहको भिडियो सार्वजनिक : राघवले भने, ‘धन्यवाद मिसेस् चड्डा, यस्तो उपहार पाउँला भनेर सोचेकै थिइनँ’

बलिउड अभिनेत्री परिणिती चोपडाले विवाह गरेकी छिन् । उनको विवाहमा धेरैको चासो थिए । २३–२४ सेप्टेम्बरमा उदयपुरमा भव्य समारोहका बिच परिणितीले राघव चड्डासँग विवाह गरेकी हुन् । विवाहको पाँच दिनपछि परिणितीको विवाहको भिडियो सार्वजनिक भएको छ । यो भिडियोले केही घण्टामै व्यापक भ्यु पाइसकेको छ ।
परिणितीले यो भिडियो इन्स्टाग्राममा सेयर गरेकी छिन् भने राघवले यसलाई ट्विटरमा सेयर गरेका छन् । भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘जीवनमा यति अमूल्य उपहार पाउँला भनेर सोचेकै थिइनँ । तर मेरी गायिका श्रीमतीलाई मलाई सर्प्राइज दिन मन पर्छ जस्तो लाग्छ । हर्षले मन अभिभूत छ । तिम्रो स्वर अब मेरो, हाम्रो जीवनको साउन्ड ट्र्याक बनेको छ । धन्यवाद मिसेज चड्डा । तिमीलाई मेरो साथमा पाउँदा आफूलाई विश्वकै भाग्यमानी ठान्छु ।’
I never thought I would ever receive a gift like this, but I guess my singer wife loves surprising me! 😊 I am truly overwhelmed .. your voice has now become the soundtrack of my life .. our life .. thank you Mrs. Chadha. I consider myself the luckiest man in the world to have… pic.twitter.com/WcDEjLyttb
— Raghav Chadha (@raghav_chadha) September 29, 2023
यो भिडियोमा जुन गीत राखिएको छ, त्यो परिणितीले गाएको भन्ने जानकारी भिडियोमै दिइएको छ । गीतको शब्द परिणिती आफैँले लेखेको जानकारी भारतीय सञ्चार माध्यमले दिएको छ । जानकारी अनुसार परिणितीले यो गीतका लागि एक महिना समय दिइन्, त्यसपछि यसलाई वेडिङ थिम सङ बनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग फाइनल : युवा जोससामु निरीह बन्यो बुढो बाघ
-
स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार, धेरै प्रयोग गर्नेलाई पुरस्कार
-
महिलालाई उद्यमसँग जोड्न बाख्रा उपहार
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?