परिणितीको विवाहको भिडियो सार्वजनिक : राघवले भने, ‘धन्यवाद मिसेस् चड्डा, यस्तो उपहार पाउँला भनेर सोचेकै थिइनँ’
बलिउड अभिनेत्री परिणिती चोपडाले विवाह गरेकी छिन् । उनको विवाहमा धेरैको चासो थिए । २३–२४ सेप्टेम्बरमा उदयपुरमा भव्य समारोहका बिच परिणितीले राघव चड्डासँग विवाह गरेकी हुन् । विवाहको पाँच दिनपछि परिणितीको विवाहको भिडियो सार्वजनिक भएको छ । यो भिडियोले केही घण्टामै व्यापक भ्यु पाइसकेको छ ।
परिणितीले यो भिडियो इन्स्टाग्राममा सेयर गरेकी छिन् भने राघवले यसलाई ट्विटरमा सेयर गरेका छन् । भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘जीवनमा यति अमूल्य उपहार पाउँला भनेर सोचेकै थिइनँ । तर मेरी गायिका श्रीमतीलाई मलाई सर्प्राइज दिन मन पर्छ जस्तो लाग्छ । हर्षले मन अभिभूत छ । तिम्रो स्वर अब मेरो, हाम्रो जीवनको साउन्ड ट्र्याक बनेको छ । धन्यवाद मिसेज चड्डा । तिमीलाई मेरो साथमा पाउँदा आफूलाई विश्वकै भाग्यमानी ठान्छु ।’
I never thought I would ever receive a gift like this, but I guess my singer wife loves surprising me! 😊 I am truly overwhelmed .. your voice has now become the soundtrack of my life .. our life .. thank you Mrs. Chadha. I consider myself the luckiest man in the world to have… pic.twitter.com/WcDEjLyttb
— Raghav Chadha (@raghav_chadha) September 29, 2023
यो भिडियोमा जुन गीत राखिएको छ, त्यो परिणितीले गाएको भन्ने जानकारी भिडियोमै दिइएको छ । गीतको शब्द परिणिती आफैँले लेखेको जानकारी भारतीय सञ्चार माध्यमले दिएको छ । जानकारी अनुसार परिणितीले यो गीतका लागि एक महिना समय दिइन्, त्यसपछि यसलाई वेडिङ थिम सङ बनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण