मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

मनकामना केबलकार दुई दिन बन्द हुने

आइतबार, १४ असोज २०८०, १६ : १०
आइतबार, १४ असोज २०८०

काठमाडौँ ।  नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको जनाइएको छ । 

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने कम्पनीको भनाइ छ  । असोज १९ गतेदेखि भने केबलकारको  नियमित सेवा सुरु हुने जनाइएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप