सेयर बजारलाई स्वास्थ्यकर बनाउन जरुरी : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वास्थ्यकर बनाउन जरुरी रहेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौती र जरुरी रहेको बताएका हुन् ।
उनले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजमेण्टका केही समस्याहरू रहेको बताए । उनले बिस्तारै सेयर बजार बढ्दै जाने दाबी गरे । उनले भने, ‘अहिले शेयर मार्केट तल झरेको छ । त्यसको अलिकति विविध कारण छन् । रेगुलेशनका केही माइक्रो म्यानेजकमेण्टका कुराहरुले पनि समस्याहरू आएको छ । यसको बिस्तारै समाधान हुँदै जान्छ । र समाधान हुनुपर्छ । त्यसमा केही निर्णयहरू चाँडै आउलान् भन्ने पनि मैले विश्वास लिएको छु । तथापि जे भए पनि यो सेयर मार्केटलाई स्वास्थ्यकर बनाउन जरुरी छ । त्यसको बेनिफिट आम लगानी कर्ता जो सानासाना बचतकर्ताहरू छन्, र यो मार्फतबाट केही हुन्छ कि ? भनेर लगानी गर्न अग्रसर हुन्छन् । उहाँहरुको लगानी सुरक्षित गर्न जरुरी छ । सबैभन्दा चिन्ताको विषय त्यो हो । यसमा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरू आउने, सूचना लिक हुने, जुन प्रवृत्तिहरू पनि देखिएको छ । यसलाई निर्णायक हिसाबले दायरामा ल्याउनुपर्छ । आम लगानी कर्तालाई मध्यनजर राखेर गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण