नेता व्यवस्थापन गर्न लोसपाको कार्य समिति गठन !
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पदाधिकारीको बैठक आजदेखि सुरु भएको छ । काठमाडौँको एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा अधिकांश नेताले हालै सार्वजनिक भएको केन्द्रीय कार्यसमितिको बारेमा टिप्पणी गरेका छन् ।
बैठकमा कसैले भद्दा कार्यसमिति बनेको टिप्पणी गरेका छन् भने कसैले समितिप्रति खुसी व्यक्त गर्दै पार्टी अध्यक्ष महन्थ ठाकुरलाई धन्यवाद दिएका छन् ।
पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले नेता तथा कार्यकर्तालाई व्यवस्थापन गर्नका लागि अहिलेको कार्यसमिति निर्माण भएको टिप्पणी गरे । बैठकमा सहभागी एक नेताका अनुसार नेता भण्डारीले बैठकमा भने, ‘पार्टीका सबै नेतालाई पद नै चाहिन्छ, कोही पनि पछाडि नहट्ने भएपछि तत्काल व्यवस्थापन गर्नका लागि यो कार्य समिति बनेको हो ।’
निकट भविष्यमै पार्टीको विधान अधिवेशन गरी नयाँ विधान अनुसार केन्द्रीय समिति पुनर्गठन हुने उनले बताए ।
पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले लोसपा संघीयताका लागि लडेको पार्टी भए पनि पार्टीभित्रै संघीयताको अभ्यास नभएको गुनासो गरेको स्रोतले जनाएको छ । प्रदेश समितिलाई पनि अधिकार दिनुपर्नेमा जोड दिँदै उनले पार्टीको हालको अवस्थाबारे समीक्षा हुनुपर्ने धारणा राखेका थिए ।
तमलोपा, राजपादेखि हाल लोसपासम्म आउँदा पार्टी यो अवस्थामा किन पुग्यो भन्ने समीक्षा गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
सोनलले संघीयता, गणतन्त्र, समावेशी, समानुपातिकको रक्षाका लागि लोसपालाई केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले संघीय संरचना अनुसार केन्द्रदेखि प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठन निर्माणमा जोड दिएका थिए ।
पार्टीका सहमहासचिव सन्तोष मेहताले कार्य समिति विस्तार गर्दा थुप्रै नेता छुटेको धारणा राखेका थिए । जसपाबाट अलग भएर आएका केन्द्रीय तहका सबैलाई केन्द्रीय समितिमा राख्ने प्रावधान बनाइए पनि अहिले थुप्रै नेता छुटेको उनको भनाइ थियो ।
बैठकमा उनले सद्भावना पार्टीको पृष्ठभूमिबाट आएका अधिकांश नेतालाई केन्द्रीय समितिभन्दा बाहिर राखिएको गुनासो गर्दै यसको जवाफ नेतृत्वबाट आउनुपर्ने बताएका थिए ।
आजको बैठकमा २२ जना नेताले आफ्नो धारणा राखेका थिए ।
असोज ८ गते केन्द्रीय समिति सार्वजनिक भएपछि यो पहिलो बैठक हो । पदाधिकारी संख्या धेरै भएपछि पार्टी प्यालेसमा बैठक राखिएको हो । लोसपामा अध्यक्षसहित ६४ जना पदाधिकारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण