दूध किसानलाई रकम भुक्तानीको व्यवस्था गर्न सांसद दीपक सिंहको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दूध विक्रेता किसानले दसैँको मुखमा भुक्तानी नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले दूध खरिद गर्ने कम्पनीहरूले खरिद गरेको दूधको रकम भुक्तानी नगरेकोले किसान मर्कामा परेको बताए ।
नेपाल कृषिप्रधान देश भनेर ठुला ठुला कुरा गर्ने गरिएको तर लम्की स्कीन रोग तथा दूधको रकम भुक्तानी नहुँदा किसानको ढाड भाँचिएको उनले बताए । सांसद सिंहले भने– ‘अहिले यता डीडीसी र प्राइभेट दूध कम्पनीहरूले किसानहरूलाई दूधको पैसा भुक्तानी गरेको छैन । डीडीसीले किसानहरूको लागि अहिलेसम्म झन्डै ५० देखि ५५ करोडसम्म दिएको छैन भने प्राइभेट डेरीहरूले २ अर्ब ५० करोडभन्दा बढी रकम भुक्तानी दिएको छैन ।’
उनले दसैँ अगाडिसम्म चाँडोभन्दा चाँडो डीडीसी र निजी दूध कम्पनीहरूबाट किसानलाई दूधको रकम दिलाउने व्यवस्था गर्न माग गरे । उनले दसैँको बेला किसानको बिचल्ली हुन नदिन आवश्यक कदम उठाउन सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण