दूध किसानलाई रकम भुक्तानीको व्यवस्था गर्न सांसद दीपक सिंहको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दूध विक्रेता किसानले दसैँको मुखमा भुक्तानी नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले दूध खरिद गर्ने कम्पनीहरूले खरिद गरेको दूधको रकम भुक्तानी नगरेकोले किसान मर्कामा परेको बताए ।
नेपाल कृषिप्रधान देश भनेर ठुला ठुला कुरा गर्ने गरिएको तर लम्की स्कीन रोग तथा दूधको रकम भुक्तानी नहुँदा किसानको ढाड भाँचिएको उनले बताए । सांसद सिंहले भने– ‘अहिले यता डीडीसी र प्राइभेट दूध कम्पनीहरूले किसानहरूलाई दूधको पैसा भुक्तानी गरेको छैन । डीडीसीले किसानहरूको लागि अहिलेसम्म झन्डै ५० देखि ५५ करोडसम्म दिएको छैन भने प्राइभेट डेरीहरूले २ अर्ब ५० करोडभन्दा बढी रकम भुक्तानी दिएको छैन ।’
उनले दसैँ अगाडिसम्म चाँडोभन्दा चाँडो डीडीसी र निजी दूध कम्पनीहरूबाट किसानलाई दूधको रकम दिलाउने व्यवस्था गर्न माग गरे । उनले दसैँको बेला किसानको बिचल्ली हुन नदिन आवश्यक कदम उठाउन सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहीले भने– ‘प्रधानमन्त्रीज्यू, तपाईं भ्रष्टाचारीको झोले नै हो’
-
मङ्गलबारदेखि ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ हुँदै
-
५ महिनामा ५ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए
-
एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड !
-
जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरू
-
बन्दको समयमा राइडरहरूको मनमौजी : २७८ राइडर कारबाहीमा