कालोबजारी नियन्त्रण र भाडा छुटको माग गर्दै नेविसंघले बुझायो ज्ञापनपत्र
काठमाडौँ । नेपाल विद्यार्थी संघ काठमाडौँ ललितपुर र भक्तपुर जिल्लाले उपत्यकाका सबै प्रशासन कार्यालयमा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
विद्यार्थीहरुलाई सार्वजनिक सवारी साधनमा दिने छुट कार्यान्वयन गराउन, विमान यात्रा गर्दा ६०५ छुट दिनुपर्ने मागसहित चाडपर्व लक्षित माग राख्दै नेविसंघले प्रशासनको ध्यानाकर्षण गराएको हो ।
चाडपर्वको समय नजिकिँदै गर्दा उपत्यकामा रहेका र देशभरका विद्यार्थीहरूको यात्रा सुलभ, सुरक्षित र सहज बनाउन, यात्रामा ट्राफिक व्यवस्थापन गर्न, सडक बत्तीको प्रयाप्त व्यवस्था गर्न, तीव्र गतिमा सडक मर्मत गर्न र यात्रीहरुको सहजताको लागि महिलामैत्री सार्वजनिक शौचालयको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ ।
चाडपर्वको समयमा सुरक्षा चुनौतीहरु रहेको उल्लेख गर्दै नेविसंघले विशेष सुरक्षा नीति अख्तियार गर्न, कालो बजारी, कृत्रिम अभाव, मूल्य वृद्धि, आदिको कडा नियमन गर्न समेत उक्त ज्ञापनपत्रमा उल्लेख गरेको छ । भाडा छुट सरकारले सम्बोधन नगरे आन्दोलनमा उत्रिने नेविसंघले जनाएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण