बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कालोबजारी नियन्त्रण र भाडा छुटको माग गर्दै नेविसंघले बुझायो ज्ञापनपत्र

शुक्रबार, १९ असोज २०८०, १९ : ३७
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । नेपाल विद्यार्थी संघ काठमाडौँ ललितपुर र भक्तपुर जिल्लाले उपत्यकाका सबै प्रशासन कार्यालयमा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । 

विद्यार्थीहरुलाई सार्वजनिक सवारी साधनमा दिने छुट कार्यान्वयन गराउन, विमान यात्रा गर्दा ६०५ छुट दिनुपर्ने मागसहित चाडपर्व लक्षित माग राख्दै नेविसंघले प्रशासनको ध्यानाकर्षण गराएको हो ।  

चाडपर्वको समय नजिकिँदै गर्दा उपत्यकामा रहेका र देशभरका विद्यार्थीहरूको यात्रा सुलभ, सुरक्षित र सहज बनाउन, यात्रामा ट्राफिक व्यवस्थापन गर्न, सडक बत्तीको प्रयाप्त व्यवस्था गर्न, तीव्र गतिमा सडक मर्मत गर्न र यात्रीहरुको सहजताको लागि महिलामैत्री सार्वजनिक शौचालयको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ ।

चाडपर्वको समयमा सुरक्षा चुनौतीहरु रहेको उल्लेख गर्दै नेविसंघले विशेष सुरक्षा नीति अख्तियार गर्न, कालो बजारी, कृत्रिम अभाव, मूल्य वृद्धि, आदिको कडा नियमन गर्न समेत उक्त ज्ञापनपत्रमा उल्लेख गरेको छ । भाडा छुट  सरकारले सम्बोधन नगरे आन्दोलनमा उत्रिने नेविसंघले जनाएको छ ।

123

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप