मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ग्राण्डी इन्टरनेश्नलद्वारा एकदिने निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन

शनिबार, २० असोज २०८०, २० : ५४
शनिबार, २० असोज २०८०

काठमाडौँ । ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौँको झोरमा शनिवार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने र क्यान्सर हुन नदिने जनचेतना पैदा गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हो ।

शिविरमा ३० वर्ष नाघेका एक सय जना महिलाहरुले परीक्षण गराएका थिए । जसमध्ये १० प्रतिशतमा विस्तृत किसिमको परीक्षण गर्नुपर्ने देखिएको छ । रेडियोलोजिष्ट डा.अनामिका झाले स्तन क्यान्सर रोगबाट बच्नका लागि  ४० वर्ष माथिका महिलाहरुलाई म्यामोग्राम टेष्ट गरी ढुक्क रहन सुझाव दिइन् ।

‘अक्टुबर महिना ब्रेस्ट क्यान्सरको अवेयरनेसको महिना भएकोले छानेको हो । आजको क्याम्पमा हामीले मुख्यतः ३० वर्ष पूरा गरेका महिलाहरुको स्तन क्यान्सरको लागि स्क्रिनिङ गर्न खोजेको हो । यस्तै शंका लागेकालाई अल्ट्रा साउण्ड पनि गरेका छौं । यस्तै, स्तन क्यान्सर हुन नदिन जनचेतना पनि पैदा गरेका छौँ’ उनले भनिन्– ‘त्यो सँगै म्यामोग्राम कहिले गर्ने ? अल्ट्रा साउण्ड कहिले गर्ने ? आफूलाई स्तन क्यान्सर हुन नदिन के के कुरामा शतर्क हुने भन्ने कुरामा जानकारी गरायौं । हामीले लक्षणको वेट गर्नुपर्दैन । स्क्रिनिङ म्यामोग्राम ४० वर्ष कटेपछि प्रत्येक वर्ष एक पटक गराउनुपर्छ । यस्तो कुराहरु आज हामीले फोकस गरेका हौँ । ’

डा झाले स्तन क्यान्सरबाट बच्न समय समयमा परीक्षण गराइरहन सुझाव दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप