जसपाको लुम्बिनी प्रदेश समिति पुनर्गठन, अध्यक्षमा अशोक यादव
आइतबार, २१ असोज २०८०, ०८ : १९
दाङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार दाङको लमहीमा सम्पन्न भेलाले अशोककुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षमा अब्दुल रसिद, राम अवतार यादव, चन्द्रा धामा हरिजन मुख्यसचिव राजन राना मगर, सचिव हिमानी थापा, नेत्र थापा, सन्दीप पाण्डेय र कोषाध्यक्ष अम्बिका काफ्ले रहेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका इन्चार्ज राज किशोर यादव, राजनीतिक समिति सदस्य केशव पौडेल, मनिकर कार्कीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण