रोनाल्डोको रेकर्ड तोड्दै बेलिङह्याम
मड्रिड । जुड बेलिङह्यामले रियल मड्रिडको करियरमा आफ्नो उत्कृष्ट सुरुवातलाई कायम राख्दै शनिबार ओसासुनालाई हराउने क्रममा दुई गोल गर्न सफल भएका छन् । योसँगै २० वर्षीय खेलाडीले रियलका लागि सबै प्रतियोगिताका १० खेलमा १० गोल गर्न सफल भएका हुन् ।
गोलडटकमका अनुसार बेलिङह्यामले सुरुवाती १० खेलमा क्रिस्टियानो रोनाल्डोले रियलका लागि गोलमा गरेको योगदानको रेकर्ड पनि तोडेका छन् । बेलिङह्यामले १० खेलमा रियलका लागि गोलमा १३ वटा योगदान दिएका छन् । पोर्चुगिज महान् खेलाडीले भने यति नै खेलमा ११ वटा गोलका लागि योगदान दिएका थिए ।
खेलको नवौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका बेलिङह्यामले ५४ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए । ६५ औँ मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गरे भने ७० औँ मिनेटमा जोसेलुले अर्को गोल थप्दै रियललाई सहज जित दिलाए । खेलको अन्त्यतिर जोसेलुले पेनाल्टीबाट गोल गर्ने अवसरबाट चुकेका थिए ।
जीतसँगै रियल ९ खेलबाट २४ अंकसहित स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । शनिबार नै भएको अन्य खेलमा जिरोनाले क्याडिजलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । जिरोनाको २२ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण