चेम्बर अध्यक्ष मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्यमा नियुक्त
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्य पदमा नियुक्त भएका छन् । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषद्को सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो ।
नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासन सम्वन्धि ऐन २०७४ बमोजिम अध्यक्ष मल्ललाई नियुक्त गरिएको विश्वविद्यालयले उल्लेख छ ।
विद्या परिषदले व्यवस्थापन तथा कानुन संकाय अन्र्तगत रहेर नयाँ शैक्षिक पेशागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्वन्धमा आवश्यक निर्णय गर्ने छ । यस्तै स्वदेशी एवं विदेशी विश्वविद्यालयका शैक्षिक संस्थाहरुमा अनुसन्धान, पेशागत कार्यक्रम तय गर्ने कार्यविधी निर्धारण गरिएको छ ।
अध्यक्ष मल्लले खुला विश्वविद्यालयमा चेम्बरको गतिवधी, व्यापार अनुभव एवं अर्थतन्त्रको बारे विद्यार्थीहरुसंग अनुभव आदनप्रदान समेत गर्ने चेम्बरद्धरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण