सचिन तेन्दुल्कर र डे भिलियर्सको कीर्तिमान तोडे डेभिड वार्नरले
काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले आईसीसी एकदिवसीय विश्वकपमा सबैभन्दा कम खेल खेलेर एक हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन् । एकदिवसीय विश्वकपको आइतबार खेलिएको भारतविरुद्घको खेलका क्रममा ३६ वर्षीय वार्नरले यस्तो कीर्तिमान बनाएका हुन् ।
ओपनर ब्याट्सम्यान वार्नरले भारतका महान क्रिकेटर सचिन तेन्दुल्कर र दक्षिण अफ्रिकाका एबी डे भिलियर्सको नाममा संयुक्त रुपमा रहेको कीर्तिमान तोडेका हुन् । तेन्दुल्कर र डे भिलियर्सले विश्वकपमा २० पाली खेलेर एक हजार रन बनाएका थिए ।
वार्नरले भने विश्वकपमा १९ पाली खेलेर एक हजार रन पुरा गरेका हुन् । ओपनर ब्याट्सम्यान वार्नर अहिले पनि क्रिजमा छन् । भारतीय टोलीका कप्तान रोहित शर्माले यही खेलमा वार्नरको कीर्तिमान तोडने सम्भावना छ ।
रोहित शर्माले एकदिवसीय विश्वकपमा हालसम्म १७ पाली खेल्दै नौ सय ७८ रन बनाएका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा उनले २२ रन बनाए भने वार्नरको कीर्तिमान पनि तोडिने छ । त्यसपछि शर्मा विश्वकपमा १८ पाली खेल्दै एक हजार रन बनाउने ब्याट्सम्यान बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण