सल्यान सिद्धकुमाख घटना : बुहारीले हत्या गरेर लुकाउन भकारीमा राखेकी थिइन् शव
सल्यान । १८ असोजमा आफ्नै घरको भकारीमा मृत फेला परेकी सल्यान सिद्धकुमाख– ४ कि ४९ वर्षीय गणेशी रोकालाई आफ्नै १८ वर्षीय बुहारी शर्मिला बुढाथोकीले हत्या गरेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अनुसन्धानबाट बुहारीले नै हत्या गरेर भकारीमा राखेको पुष्टि भएको हो ।
१५ असोज बिहान छोरा अम्मर रोका टिमुर टिप्न मामाका घर गएका थिए । छोरी विद्यालय गएकी थिइन्। घरमा सासू र बुहारी मात्र थिइन् । प्रहरीका अनुसार बारीमा धान माड्न जाँदा सासू बुहारीबिच घरायसी विवाद भएको थियो ।
घरमा फर्किएपछि सोही विषयलाई लिएर दिउँसो तीन बजेको समयमा सासू बुहारीबिच पुनः विवाद भएको प्रहरीले जनाएको छ। त्यसपछि बुहारीले बुहारी शर्मिलाले दाउराले सासूको टाउकोमा प्रहार गरेकी थिइन् । अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले भने, ‘त्यसपछि गणेशी भुईँमा लडेकी थिइन्। त्यसपछि पनि शर्मिला सासूलाई दाउराले विभिन्न भागमा प्रहार गरेकी थिइन्।’
त्यसपछि गणेशीले टाउकोमा बाँधी रहेको सलले शर्मिलाले घाँटीमा कस्दा गणेशीको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ। शर्मिलाले गशेणीको शवलाई घरभित्र रहेको धान राख्न बनाइएको भकारीमा लुकाएर राखेकी थिइन् ।
घटना घटाएको बीच कोठामा लतपतिएको रगत समेत छिपाउन शर्मिलाले लिपपोत गरेकी थिइन्। सल्यान प्रहरीका अनुसार शर्मिलालाई आइतबार अनुसन्धानका लागि ७ दिनको म्याद अनुमति प्राप्त भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण