सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

'टेरामक्स टेलिकम कम्पनीहरुले गर्ने बदमासी रोक्नलाई हो, व्यक्तिगत फोन ट्याप गर्न होइन'

आइतबार, २१ असोज २०८०, १९ : ३३
आइतबार, २१ असोज २०८०

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरुले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)ले व्यक्तिगत फोन ट्याप नगर्ने बताएका छन् ।  

आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष खनालले सरकारले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)ले व्यक्तिगत डेटा नराख्ने भएकाले कसैको पनि फोन ट्याप नगर्ने बताएका हुन् । उनले प्राधिकरणले टेलिकम कम्पनीहरुले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बदमासी भएको छ भन्ने विषय रोक्नको लागि टेरामक्स आवश्यकता परेको बताए । उनले टेलिकमको डेटा प्रयोग भए नभएको माक्समा डेटा कलेक्सन गर्ने र डेटा सुरक्षित हुने भएकाले टेरामक्स जडान गर्न खोजेकाे बताए । 

अध्यक्ष खनालले टेलिकम कम्पनीहरुले सेवाग्राहीलाई सेवा दिएबापत सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरुको अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागेको बताए । उनले टेरामक्सले नेपालमा आएका फोनको मिटरिङ भयो कि भएन भनेर टोटलमा हेर्ने भएकोले व्यक्तिगत डेटा दुरुपयोग हुन नसक्ने बताए । 

अध्यक्ष खनालले टेलिकम सेक्टरमा २०७४/०७५,सन् २०१७ को जनावरीदेखि नेपालमा फोर जी सेवा लन्च भएको बताए । उनले फोर जी सेवा बिस्तार भएपछि मात्रै टेलिकमको ४०० गुणा बढी डेटा प्रयोग भएको बताए । उनले त्यसबिचमा फोनको पैसा, एसएमएसको पैसा घटेको छैन र सिम बिक्री पनि बढेको छ तर नेपाल टेलिकमको २०७४/०७५ देखि अहिलेसम्म आउँदा २५ अर्बले राजश्व घटेको दाबी गरे । उनले यसरी टेलिकमको राजश्व घट्दै जाने हो भने नेपालको टेलिकम्न्युकेसन कोल्याप्स हुनसक्ने जिकिर गरे ।  

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप