परराष्ट्रमन्त्रीसँग द्वन्द्वको चपेटामा परेकाहरूको आफन्तको गुहार, ‘बच्चाहरू आत्तिइराखेका छन्, फिर्ता गराइदेऊ’
काठमाडौँ । पीडितहरुले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरूलाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरूले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर विष्टसहितका नौ जना विद्यार्थीहरूको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् ।
हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरू आक्रमणको शिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी आमा चन्द्रा विष्टले बताइन् । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरू अध्ययनका लागि इजरायल गएका थिए । उनीहरूसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरू तनावमा रहेकाले सरकारले उनीहरूलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाइ गर्न नहुने पनि चन्द्राले बताइन् ।

उनले भनिन्, ‘बच्चासँग हामी आधा–आधा घण्टामा कनट्याक्टमा छौँ । उसले कुरा गर्न पाइराखेको छ । त्यस्तो कन्ट्याक्टविहीन चाहिँ भएको छैन । हिजो रातिबाट युद्ध घोषणा भएकाले बच्चाहरू आत्तिइराखेका छन् । युद्ध घोषणा भइसक्यो उता चाहिँ । अब चाहिँ हाम्रो नेपालबाट परराष्ट्रमन्त्रीज्यूले छिटो, छरितो एकदम तन, मन लगाएर आफ्नो बच्चाहरूलाई छिटो लिएर आउनु पर्यो । यो हाम्रो मात्रै चिन्ताको विषय होइन । उहाँहरूले पनि चिन्ता गर्नु पर्छ । उनीहरू अहिलेसम्म चाहिँ सेफमै बसेका छन् । बङ्कर छैन । उनीहरू आत्तिइराखेका छन् । हामीलाई बङ्कर भएको ठाउँतिर छिटो सारिदिनु पर्यो भनेर भनिरहेका छन् । उनीहरू त्यो ठाउँबाट भन्दा २५५ किलोमिटर भित्र नै छन् । फेरि हामीहरुकोमा नआउला भन्न सकिँदैन । छिटो हामीलाई उद्धार गर भनेर हामीलाई बारम्बार तनाव दिइरहेका छन् । फोन गरिरहेका छन् । सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरूलाई फिर्ता गराइदेऊ सरकार ।’
पीडित पक्षले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदसँग भर्चुअल्ली सम्पर्क समेत गराएका थिए । यता सरकारले पनि सो द्वन्द्वमा निधन भएका नौ जनाको शव र फसेकाहरूको उद्धारको लागि विमानलाई तयारी अवस्था राख्ने निर्णय गरिसकेको छ । सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्र मन्त्री साउद नेतृत्वको समन्वय संयन्त्र गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण