गाजामा सवा लाख मानिस घरबारविहीन : संयुक्त राष्ट्रसंघ
गाजा । संयुक्त राष्ट्रसंघका अनुसार इजरायलले सुरु गरेको जवाफी कारबाहीपछि गाजापट्टीका करिब सवा लाख सर्वसाधारणले आफ्नो घर छाडेका छन् । राष्ट्रसंघका अनुसार डर र घरहरू भत्केपछि आफ्नो सुरक्षाको चिन्ताका कारण गाजामा एक लाख २३ हजारभन्दा बढी घरबारविहीन बनेका हुन् ।
अफिस फर कोओर्डिनेसन अफ ह्युमानिटेरियन अफेयर्स (ओसीएचए) का अनुसार हाल ७३ हजार जनाले स्कुलमा शरण लिएका छन् । प्यालेस्टिनी शरणार्थीहरूका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको एजेन्सी (यूएनआरडब्लूए) ले यो सङ्ख्या बढ्न चिन्ता व्यक्त गरेको छ ।
गाजामा २३ लाख प्लेस्टिनी बसोबास गर्छन् । शनिबार जवाफी कारबाही सुरु गर्न अघि इजरायलले केही क्षेत्रका मानिसहरूलाई आफ्नो घर छाड्न चेतावनी दिएको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले, ‘म गाजामा बस्ने मानिसहरूलाई भन्छु, ‘अहिलेका लागि त्यहाँबाट जानु होला, किनभने हाम्रो तर्फबाट सेनाले कारबाही गर्न लागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण