बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

तिलोत्तमा नगरपालिकामा  सेवाग्राहीका लागि निःशुल्क अटो सेवा

सोमबार, २२ असोज २०८०, १९ : ५६
सोमबार, २२ असोज २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालन गरेको छ । नगरपालिकाले शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि निःशुल्क अल्टो संचालनमा ल्याएको हो ।

निःशुल्क अटोरिक्साको  तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वदेवी चौधरीले अटो रिक्सा साँचो महिला चालक इन्द्रकला श्रेष्ठलाइै हस्तारन्तरण गरेर सुभारम्भ गरे । 

कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले भौतिक र मानवीय विकास मात्रै नभई नगरवासीहरु पनि सेवा दिनका लागि निःशुल्क अटो रिक्सा सञ्चालन गरिएको बताए । नगरपालिका र सेवाग्राही एकै सिक्का दुई पाटा भएकाले तिलोत्तमा नगरपालिकाले सकेसम्मका सेवाहरु नगरबासीलाई प्रदान गर्ने बताए ।

तिलोत्तमा नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटर भित्र भएकाले सेवाग्राही नगरपालिकाले सेवा लिन आउँदा धेरै दुःख भएकाले अटो रिक्सा सञ्चालन गरिएको बताए । महिलाहरु पनि अवसर पाए जुन सकै काम गर्न सक्छन् भन्ने कुरालाई पुष्टि गर्नका लागि अटो चालक महिला राखिएको बताए । तत्कालका लागि एउटा मात्रै अटो संचालनमा ल्याइएको र पछि आवश्यकता अनुसार अटोको संख्या बढाउँदै लगिने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप