तिलोत्तमा नगरपालिकामा सेवाग्राहीका लागि निःशुल्क अटो सेवा
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालन गरेको छ । नगरपालिकाले शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि निःशुल्क अल्टो संचालनमा ल्याएको हो ।
निःशुल्क अटोरिक्साको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वदेवी चौधरीले अटो रिक्सा साँचो महिला चालक इन्द्रकला श्रेष्ठलाइै हस्तारन्तरण गरेर सुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले भौतिक र मानवीय विकास मात्रै नभई नगरवासीहरु पनि सेवा दिनका लागि निःशुल्क अटो रिक्सा सञ्चालन गरिएको बताए । नगरपालिका र सेवाग्राही एकै सिक्का दुई पाटा भएकाले तिलोत्तमा नगरपालिकाले सकेसम्मका सेवाहरु नगरबासीलाई प्रदान गर्ने बताए ।
तिलोत्तमा नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटर भित्र भएकाले सेवाग्राही नगरपालिकाले सेवा लिन आउँदा धेरै दुःख भएकाले अटो रिक्सा सञ्चालन गरिएको बताए । महिलाहरु पनि अवसर पाए जुन सकै काम गर्न सक्छन् भन्ने कुरालाई पुष्टि गर्नका लागि अटो चालक महिला राखिएको बताए । तत्कालका लागि एउटा मात्रै अटो संचालनमा ल्याइएको र पछि आवश्यकता अनुसार अटोको संख्या बढाउँदै लगिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण