इजरायलमा रहेका नेपालीहरुको उद्घारका लागि परराष्ट्रमन्त्रीलाई पठाउन सांसद श्रेष्ठको माग
बारा । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले इजरायलमा रहेका नेपालीहरुको उद्घारका लागि परराष्ट्रमन्त्रीलाई तत्काल इजरायल पठाउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्री तथा सांसद श्रेष्ठले इजरायलमा रहेका नेपालीहरु खान नपाएर मर्ने अवस्था सिर्जना भएको भन्दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेका हुन् ।
‘परिआयो भने परराष्ट्रमन्त्रीलाई पनि इजरायल पठाउनु पर्छ, यो दुखद र लज्जास्पद घटना पनि हो, आफ्नो नागरिकलाई छिटोभन्दा छिटो उद्धार गर्नु सरकारको दायित्व हो, त्यसका लागि सरकारसँग जोडदार माग गर्दछु,’ सांसद श्रेष्ठले भने, ‘यो व्यक्तिले पहल गरेर हुने कुरा फण्डामात्रै हो, यसमा राज्यले पहल गर्नुपर्दछ, कूटनीतिक रुपमा राज्य लाग्नुपर्दछ ।’
रातोपाटीसँगको थप कुराकानी गर्दै सांसद श्रेष्ठले भने, ‘काम गर्दै कमाउँ भन्ने उद्देश्यले विद्यार्थी भाइबहिनीहरु इजरायल गएका हुन्, यसलाई सरकारले गम्भीर ढङ्गले लिएर अगाडि बढ्नुप¥यो भन्ने मेरो धारणा छ ।’
उनले रोजगारीका लागि विदेशमा गएर नेपालीले मर्नु नपर्ने गरी सरकारले ५ वर्षे, १० वर्षे योजना बनाएर रोजगारको क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिएका छन् ।
प्यालेस्टाइनी कट्टरपन्थी समूहले शनिबार इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण