नवलपरासीबाट साढे नौ लाख बराबरको पटाका बरामद
मङ्गलबार, २३ असोज २०८०, १६ : ५२
बुटवल । पश्चिम नवलपरासीबाट साढे नौ लाख बराबरको पटाका बरामद गरिएको छ ।
सशस्त्र प्रहरीले मंगलबार जिल्लाको रामग्रामबाट प्रदेश ३००१ च ११३८ नम्बरको पीकअप र चालकसहित साढे नौ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो ।
भारतबाट महेशपुर भन्सार नाका हुँदै भित्र्याएको पटका बिक्रीका लागी लग्ने क्रममा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २६ नम्बर गणका नायव उपरीक्षक यज्ञमान साउदले जानकारी दिए । बरामद पटकालाई नष्ट गर्ने र जीपलाई महेशपुर भन्सार कार्यालयमा बुझाउने जनाइएको छ ।
सवारी चालक भने फरार छन् । चाडपर्व नजिकिएसँगै भारतबाट पटका लुकाई छिपाई भित्र्याउने र विभिन्न सहरमा बिक्रीका लागी लग्ने गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण