नवलपरासीबाट साढे नौ लाख बराबरको पटाका बरामद
मङ्गलबार, २३ असोज २०८०, १६ : ५२

बुटवल । पश्चिम नवलपरासीबाट साढे नौ लाख बराबरको पटाका बरामद गरिएको छ ।
सशस्त्र प्रहरीले मंगलबार जिल्लाको रामग्रामबाट प्रदेश ३००१ च ११३८ नम्बरको पीकअप र चालकसहित साढे नौ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो ।
भारतबाट महेशपुर भन्सार नाका हुँदै भित्र्याएको पटका बिक्रीका लागी लग्ने क्रममा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २६ नम्बर गणका नायव उपरीक्षक यज्ञमान साउदले जानकारी दिए । बरामद पटकालाई नष्ट गर्ने र जीपलाई महेशपुर भन्सार कार्यालयमा बुझाउने जनाइएको छ ।
सवारी चालक भने फरार छन् । चाडपर्व नजिकिएसँगै भारतबाट पटका लुकाई छिपाई भित्र्याउने र विभिन्न सहरमा बिक्रीका लागी लग्ने गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
-
स्वदेश फर्किए राजेन्द्र महतो
-
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छ, राजीनामा दिने/नदिने गृहमन्त्रीमा भर पर्छ : शाही
-
लन्डन दूतावासमा ‘नेपाल नाइट’ सम्पन्न (फोटो फिचर )
-
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर
-
‘आफ्नो भान्जा बैंकको सीईओ भएको बेलामा माधव नेपालले पतञ्जलि योगपीठ जग्गामा चलखेल गर्नुभयो’