चैत मसान्तसम्म एमाले तन्दुरुस्त बन्छ : सचिव भट्टराई
जनकपुर । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले चैत मसान्तसम्म संगठनात्मक रूपमा एमाले तन्दुरुस्त बन्ने बताएका छन् । मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अहिले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने बताएका हुन् ।
उनले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको पनि बताए । भट्टराईले नेकपा एमालेको मधेस प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए ।
उनले भने, ‘चाडपर्वहरू सम्पन्न गरेपछि हाम्रो जिल्ला अधिवेशन हुन्छ । त्यसपछि हाम्रो पालिका अधिवेशन हुन्छ । सबै देशभरका पालिकाको ७५३ वटाकै । त्यसपछि हाम्रो वडा अधिवेशन हुन्छ । देशभरका सबै वडाको । त्यसपछि टोल अधिवेशन हुन्छ । र चैत मसान्तसम्म पुग्दा एमाले तन्दुरुस्त हुन्छ । संगठनात्मक हिसाबले । यो हाम्रो अधिवेशन साल हो । मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक छ । एमालेको मुख्यमन्त्री चाहिन्छ । एमालेको सरकार चाहिन्छ । १३६ पालिका एमालेको प्रमुख चाहिन्छ । प्रधानमन्त्री एमालेको चाहिन्छ । मधेसमा भएको शक्तिको तागत बढाउन चाहन्छौँ । ६६ हजार २ सय पार्टी सदस्यलाई कुनै न कुनै हिसाबले सहभागी गराएका छौँ, यो अधिवेशनमा । पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिस्पर्धा गर्ने छुट छ । तर हामी सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्नेछौँ ।’
एमालेले आफ्नो प्रथम मधेस अधिवेशन ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मूल नाराका साथ असोज २४ र २५ गते जनकपुरधाममा गर्न लागेको हो । जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनमा १ हजार २७ प्रतिनिधिहरुको सहभागिता रहने एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज भट्टराईले बताए। उनले यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रादेशिक समिति छनोट गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले किन भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु ?
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण