बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सोनापुर मिनरल्स एन्ड आयलको आईपीओ बाँडफाँट, कतिले पाए कम्पनीको सेयर ?

बुधबार, २४ असोज २०८०, १० : ५६
बुधबार, २४ असोज २०८०

काठमाडौँ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असोज १४ गतेदेखि प्रतिकित्ता २३७.५८ रुपैयाँ अंकित सर्वसाधारणका लागि जारी गरेको ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बुधबार बाँडफाँड भएको हो । 

गोलाप्रथामार्फत बाँडफाँड भएको कम्पनीको आईपीओमा १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको कम्पनीले जनाएको छ । 

१० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएको छ । 

कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

यता, कम्पनीका कर्मचारीलाई छुट्याइएको ६ लाख ८ हजार २८४ कित्ता सेयरमध्ये कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए । कर्मचारीहरुले खरिद नगरेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर समेत थप गरेर कुल १ करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप