मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

मनकामनालाई विश्व सम्पदास्थल बनाउन आग्रह

बुधबार, २४ असोज २०८०, २२ : ५०
बुधबार, २४ असोज २०८०

गोरखा । प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिएको गोरखाको मनकामना मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा विकास गर्न स्थानीयवासीले आग्रह गरेका छन् । 

मनकामना मन्दिरको सरसफाइ कार्यक्रममा सहभागी हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग स्थानीयवासीले मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्न माग गरेका हुन् ।

मनकामना मन्दिरको समग्र विकास, व्यवस्थापन र संरक्षणलगायतका विषयमा मन्त्री किरातीसँग स्थानीयवासीले चासो व्यक्त गरेका थिए । सो अवसरमा मन्त्री किरातीले मन्दिरको संरक्षण, रेखदेख र व्यवस्थापन स्थानीय सरकारले नै गर्ने गरी अगाडि बढ्नुपर्ने बताए । उनले मन्दिरसँगै यस क्षेत्रको विकासका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप