एमएलएसमा केवल ७२ मिनेट खेलेका मेसीले इन्टर मियामी छाड्ने चर्चा
काठमाडौँ । क्लबमा आबद्ध भएको चार महिना पनि नबित्दै अर्जेन्टिनी स्टार लियोनल मेसीले अमेरिकी क्लब इन्टर मियामी छाड्ने चर्चा सुरु भएको छ । उनी आबद्ध क्लब इन्टर मियामी मेजर लिग सकर (एमएसएल)को उपाधि होडबाट बाहिरिए लगत्तै ३६ वर्षीय अर्जेन्टिनी स्टारले क्लब छाड्ने चर्चा सुरु भएको हो ।
विश्व फुटबलका महान् खेलाडी मेसी पुनः स्पेनिस ला लिगा क्लब बार्सिलोनामै लोनमा फर्किने समाचार पनि प्रकाशित भएको छ । यसका अतिरिक्त मेसी साउदी अरेबियन क्लबमा छोटो समय लोनमा आबद्ध हुने समाचारहरु पनि बाहिर आएका छन् ।
तर, मेसी र उनी आबद्ध क्लब इन्टर मियामीले भने यस विषयमा मौन छन् । गत जुलाई १५ तारिखमा यी अर्जेन्टिनी स्ट्राइकर आधिकारिक रूपमा इन्टर मियामीमा आबद्ध भएका थिए ।
इन्टर मियामीबाट उनले कुल ७२ मिनेटमात्र एमएसएल खेलेका छन् । स्पेनका चर्चित खेल पत्रकार गुइलेम बालाग्वेले भने एमएसएलको सिजन अन्त्य नभएसम्म मेसी अन्य कुनै पनि क्लबमा आबद्ध नहुने दाबी गरेका छन् ।
बालाग्वेले खासगरी फुटबल समाचारको विज्ञ मानिन्छन् । अर्जेन्टिनी स्टार मेसीसँग पनि उनको राम्रो सम्बन्ध रहेको छ । उनले एमएसएलको सिजन अन्त्य नभएसम्म मेसी लोनमा बार्सिलोना आउने सम्भावना नरहेको दाबी गरेका छन् ।
गत शनिबार खेलिएको खेलमा एफसी सिनसिनाटीसँग पराजित भएपछि इन्टर मियामी एमएसएलको उपाधि होडबाट बाहिरिएको थियो । एमएसएलको जारी सिजन भने आगामी अक्टोबर २१ तारिखमा अन्त्य हुनेछ ।
अर्जेन्टिनालाई विश्वकपको उपाधि चुमाउने कप्तान मेसीले घाइते समस्याका कारण इन्टर मियामीबाट धेरै खेल खेल्न सकेका छैनन् । यद्यपि, आफूले खेलेका खेलहरूमा उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाएका छन् ।
मेसी अहिले राष्ट्रिय टोलीबाट आगामी विश्वकपको छनोट खेल खेल्न अर्जेन्टिना पुगेका छन्। आगामी साता अर्जेन्टिनाको पाराग्वे र पेरुसँग खेल हुँदैछ। एमएसएलको जारी सिजन भने आगामी अक्टोबर २१ तारिखमा अन्त्य हुनेछ ।
एमएसएलको सिजन सकिए लगत्तै उनले पुनः विश्वकपको छनोट खेल खेल्ने कार्यक्रम रहेको छ । आगामी नोभम्बर १७ मा अर्जेन्टिनाले उरुग्वेसँग र नोभेम्बर २२ मा ब्राजिलसँग विश्वकपको छनोट खेल खेल्ने कार्यक्रम रहेको छ ।
बालाग्वेका अनुसार, विश्वकपको छनोट खेल सकिएपछि मेसी करिब एक महिना बिदामा रहने छन् । ‘विश्वकप छनोट खेल सकिए लगत्तै अन्य खेलाडीजस्तै मेसी पनि एक महिना बिदामा हुनेछन् । त्यसैले उनी तत्काल बार्सिलोना वा साउदी क्लबमा आबद्ध हुन्छन् भनेर कसैले पनि नसोचे हुन्छ,’ बालाग्वेले भनेका छन् ।
बालाग्वेका अनुसार, त्यसपछि मेसी आगामी फेब्रुअरीमा सुरु हुने एमएलएसको नयाँ सिजनमा सहभागी हुन पुनः अमेरिका नै फर्कने छन् । कीर्तिमान रूपमा सातपटक बालन डी’ओर अवार्ड जितेका मेसी गत जुलाईमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट इन्टर मियामीमा आबद्ध भएका थिए ।
पीएसजीमा आबद्ध हुनुअघि उनले २१ वर्ष स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका थिए । इन्टर मियामीमा आबद्ध हुनुअघि पनि उनी पीएसजीबाट पुनः बार्सिलोना नै फर्कने चर्चा पनि चलेको थियो । यसका लागि बार्सिलोनाले पनि सक्दो प्रयास गरेको थियो ।
इन्टर मियामीमा आबद्ध भएपछि उनले क्लबलाई लिग कपको उपाधि दिलाएका थिए । इन्टर मियामीमा यो उनको पहिलो सफलता थियो । तर, यूएस ओपन कपमा भने उनको क्लब पराजित भएको थियो । उनले हालसम्म इन्टर मियामीका लागि १३ खेलमा ११ गोल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण