एक दिनका लागि बाल अधिकार परिषद् उपाध्यक्षको जिम्मेवारी बालिकालाई
काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्को उपाध्यक्षको भूमिका एक दिनका लागि प्रतिकात्मकरुपमा एक बालिकालाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा किशोरीहरुलाई समावेशीकरण, सक्षमता र नेतृत्वको अनुभव गराउन बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) र प्लान नेपालको समन्वयमा परिषद्को पुल्चोकस्थित कार्यालयमा उपाध्यक्ष बमबहादुर बानियाँले कक्षा १० मा अध्ययनरत चञ्चल मण्डललाई जिम्मेवारी दिएका हुन् ।
उपाध्यक्ष बानियाँले बालबालिकाको संरक्षण र नीतिगत मुद्दामा अगुवाइ र समन्वय गर्दै आएको परिषद्ले बालबालिकाको नेतृत्व विकास र अधिकारका संरक्षणमा काँधमा काँध मिलाएर काम गर्दै आएको बताए । बालिका मण्डलले बालश्रम, बालविवाह, कुपोषण र विभेदबाट जोगाएर बालबालिकालाई मनोरञ्जनात्मक वातावरण विद्यालयमा पढाउनुपर्ने बताए ।
सिजपका महासचिव तिलोत्तम पौडेलले किशोरीहरु नेतृत्व र सहकार्य गर्न सक्षम छन् भन्ने सन्देश दिन यस्ता कार्यक्रम गरिएको जनाए । सो अभियानले बुधबार संसदीय समितिका सदस्यको भूमिकामा पनि बालिकालाई पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण