सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्टकस्कार्टस सेक्युरिटिज दोस्रो वर्षमा : डिम्याट खाता निःशुल्क

बिहीबार, २५ असोज २०८०, १६ : ०२
बिहीबार, २५ असोज २०८०

काठमाडौँ ।  स्टकस्कार्टस सेक्युरिटिज लिमिटेड दोस्रो वर्षमा प्रवेश गरेको छ ।  स्टक ब्रोकर नं ८६ को उक्त कम्पनी बिहीबार प्रथम वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको हो । 

दोस्रो वार्षिकोत्सवको  उपलक्ष्यमा कम्पनीले ग्राहकलाई मंसिर मसान्त सम्म निःशुल्क रूपमा डिम्याट खाता खोल्ने सुविधा दिने निर्णय गरेको छ । 

यसैबिच  प्रथम वर्ष पुरा गरी दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले सञ्चालक सदस्य, शेयरधनी, सल्लाहकारलगायतमा  शुभकामना दिएको छ । 

एक कार्यक्रमका बिच कम्पनीले विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४४ तथा छठ पर्वको पावन अवसरमा  शुभकामना पनि दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप