घर–घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्छ : महामन्त्री थापा
बिहीबार, २५ असोज २०८०, १६ : ११

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा अायोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि उनले बताए ।
महामन्त्री थापाले मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनु भन्दा घर घरमै स्वास्थ्य सेवा पुर्याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने बताए । उनले ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताए ।
महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति
-
उपनिवेश विरुद्ध सँगै लडेका गरेका भारत र पाकिस्तान जुध्नु हुँदैन
-
भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति
-
भारतले भन्यो– अब कुनै स्थल र हवाई आक्रमण हुँदैन
-
युद्धविराममा सहमति जनाउँदै भारत र पाकिस्तानले ‘दूरदर्शिता’ देखाए : अमेरिका
-
पाकिस्तानका विदेशमन्त्रीले भने, ‘तत्काल लागू हुने गरी युद्धविराममा सहमति भयो’