१० विद्यार्थीको शव पठाउन इजरायल सरकारले प्रक्रिया थालेको छ : नेपाली दूतावास

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले इजरायलमा बाँकी रहेका नेपालीलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो ।
दूतवासले अनलाइन रजिष्ट्रेशन विवरण प्राप्त हुने क्रम जारी रहेको बताउँदै नेपाल फर्काइसकिएका बाहेक फर्कन चाहने २०० जनाभन्दा बढीको विवरण प्राप्त भएको जनाएको छ । त्यस्तै निधन भएका १० नेपाली विद्यार्थीहरुको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको समेत दूतावासले जनाएको छ ।
हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १ जनालाई उद्धार उडानमार्फत नेपाल पठाइएको र उपचाररत अर्का १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको दूतावासले जनाएको छ । अन्य २ जनाको भने उपचार भैरहेको समेत विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यलाई तीव्रता दिन इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरुसँग पुनः अनुरोध गरिएको जनाइएको छ । नेपाल सरकार र दूतावासको सहयोगमा २५४ जना नेपालीको शुक्रबार बिहान उद्धार गरिएको थियो ।
दूतावासले उद्धार कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिँदै इजरायलवासी सम्पूर्ण नेपालीलाई संयम रहँदै निरन्तर दूतावाससँगको समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न सूचित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल
-
बन्दका बाबजुद साँझपख चल्न थाले सार्वजनिक गाडी (फोटो फिचर)
-
आजको समस्याको जरो : नयाँ व्यवस्था, पुरानै सोच
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू
-
विद्यार्थी राजनीतिको मेरुदण्ड : उमेर, वैचारिक दृढता, शैक्षिक संलग्नता कि नेतृत्व कौशलता ?
-
जनजातिहरूको विकासका लागि गम्भीर हुन राष्ट्रिय प्रतिष्ठानलाई मन्त्री गुप्ताको निर्देशन